२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निहारिका प्रकरण : उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु

अ+ अ-

काठमाडौँ । कुमारी आमाको नामले परिचित सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतको मुद्दामा उच्च अदालत जनकपुरमा सुनुवाइ सुरु भएको छ ।

बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्दै निहारिकाले आफ्ना प्रेमी शिवराज श्रेष्ठमाथि धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएकी थिइन् ।

बच्चासमेत जन्मिसकेको अवस्थामा धनुषा जिल्ला अदालतले तत्कालीन समयमा आपसी सहमतिमै यौन सम्बन्ध स्थापित भएको देखिएको र आपसी सहमतिको यौनसम्बन्धीलाई बलात्कार भन्न नमिल्ने भन्दै प्रतिवादी शिवराज श्रेष्ठलाई सफाई दिएको थियो । साथै अदालतले नाता कायमका लागि अर्कै कानुनी प्रक्रियामा जानसमेत सुझाएको थियो ।

तर जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले काठमाडौँमा अनसन समेत बसी ‘न्याय’को माग गरेकी थिइन् । निहारिकाको आन्दोलन लगत्तै सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत जनकपुरमा पुगेको थियो ।

निहारिकाले आफूमाथि अन्याय भएको भन्दै राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । त्यस लगत्तै सरकारसँग वार्ता गरी प्रतिवादी शिवराज श्रेष्ठ र निहारिकाबाट जन्म भएको बालकको डिएनए टेस्ट गराउने गरी सहमति गरिएको थियो ।

सहमति अनुसार सरकारी वकिलले उच्च अदालत जनकपुरमा प्रतिवादी र बालकको डिएनए म्याच गराउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा पठाएको थियो । उक्त टेस्टमा डिएनए म्याचिङ भएको थियो । डिएनए टेस्टपछि बुधबार उच्च अदालत जनकपुरमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।