२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँले गरे आफ्नै साथीको हत्या

अ+ अ-

काठमाडौँ । एक चिनियाँ नागरिकको चक्कु प्रहारबाट उनकै साथी २९ वर्षीय गान साओजिओङको मृत्यु भएको छ ।

दुई दिनअघि मात्रै जाम्बियाबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक ३७ वर्षीय फेङ जेङयुङ, ३२ वर्षीय ली चुवान र २९ वर्षीय गान साओजिओङबीच वसन्तपुरमा भएको भेटपछि भएको विवादका क्रममा फेङले लुकाइराखेको चक्कु झिकी ली र गानलाई प्रहार गरेका थिए । सोही प्रहारका कारण गानको मृत्यु भएको छ भने फेङलाई प्रहरीले पक्राउ गरेको छ ।

एक प्रहरी अधिकारीका अनुसार दुई समूहबिच आर्थिक विषयमा विवाद थियो । दुई वर्षदेखि जाम्बिया बस्दै आएका तीनमध्ये मृतक गान र ली विवादकै बिच नेपाल भागेको सूचना फेङले पाएसँगै उनी दुई जनालाई पछ्याउँदै नेपाल आएका थिए । उनले गान र लीलाई अनेक सूत्र प्रयोग गरी खोजिरहेका बेला उनीहरू वसन्तपुर क्षेत्रमा रहेको सूचनापछि फेङ आइतबार बिहानै वसन्तपुर पुगेका थिए ।

ढुकेर बसिरहेका उनले गान र लीलाई वसन्तपुरमा घुम्दै गरेको देखेपछि नजिक पुगेर चक्कु प्रहार गर्दा लीको पेटमा गहिरो चोट लागेका थियो भने गानको छाती, पेट र टाउकोमा गम्भीर चोट पुगेको थियो । दुवैलाई उद्धार गरी प्रहरीले उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो ।

बोल्न नसक्ने अवस्थामा रहेका दुईमध्ये गानको आइतबार साँझ ६ः३५ बजे मृत्यु भएको छ । गम्भीर घाइते लीको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।