२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसो बढेपछि बेँसी झर्न थाले भेडी गोठ

अ+ अ-

ढोरपाटन । ‘चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडा पाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झर्‍यौँ, अरू पनि झर्छन् अब ।’

निसीखोला–६ का वीरबल घर्ती यति बेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रतिर छन् । खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उनीसहितका भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थालेका हुन् ।

केही गोठाला बेँसी झरिसकेका छन् भने उनी पनि अब केही दिनमा बेँसीमै आउने तयारीमा छन् । उनी भन्छन् ‘पानी पर्‍यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ, यहाँ पनि चिसो बढ्दै छ, अब बेँसीमै झर्ने हो, अब एक सातामा तलै झर्छौँ, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्छन् फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन् ।’

उनको गोठमा अहिले चार सयभन्दा बढी भेडा र पाठापाठी छन् । उनी मङ्सिर पहिलो साता झण्डै दुई सय भेडा बेचेको बताउँछन् । ‘मङ्सिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गर्छ, यसपालि तीन जना भएर बजारतिर गएका थियौँ, तिहार सकाएर गएको व्यापार राम्रो भयो, अलि कति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा’, किसान घर्तीले भने ।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बेँसी गर्ने उनीहरूको परम्पराजस्तै हो । तमानखोला भेडापालक कृषक मीनबहादुर रोका पनि यति बेला बेँसीतिर झरेका छन् । उनले अब चैत पहिलो हप्ता मात्रै लेक चढ्ने बताउँछन् ।

‘हामीहरू यहाँबाट म्याग्दी हुँदै धौलागिरि हिमालको फेदसम्म भेडा लिएर जान्छौँ, अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न भेडा बाख्रा राख्न पनि सकिन्छ, दुई हप्ता जति हुन लाग्यो हामी बेँसी झरेको केही दिन सोलेडाँडामा बस्यौँ,’ उनले भने, ‘अब चैत महिनासम्म यहीँ हुन्छौँ, डाला घाँस काटेर खुवाउनु पर्छ यो समय, चिसोमा लेकमा बस्न सकिँदैन ।’ उनले पुस र माघ दुई महिना भेडी गोठ गाउँ नजिकै हुने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरूमा जाने बताउँछन् । अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीमा डालेघाँस हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने रोकाको भनाइ छ ।

किसान रोकाले भने, ‘चिसो भनेर के गर्नु घरमा बसेर पशु अघाउँदैनन्, लेकबेँसी त गर्न पर्‍यो, नत्र भेडा भोकले मर्छन्, भेडागाठालेलाई दुःख छ, घामपानी, वर्षा झरी भन्न पाइँदैन, यी सम्पत्तिले खान खोज्छन्, मैले भेडासँग लेकबेँसी गर्न थालेको ४३ वर्ष भयो, अहिले म ५४ वर्ष भएँ, ११ वर्षको उमेरदेखि भेडा गोठालो गर्न थालेको हुँ ।’

ढोरपाटन–९ का गङ्गाबहादुर पुनले ढोरपाटनको माथिल्लो क्षेत्रमा चिसो ह्वात्तै बढेको बताउँछन् । चिसो बढेपछि सबै भेडागोठाले तल्लो क्षेत्रमा झरेको पुनको भनाइ छ । उनले पानी नपरे पनि गोठनै पुरिने गरी तुसारे परेपछि भेडापालक बेँसी झरेको बताउँछन् । ‘अहिले छिट्टै चिसो बढ्यो, पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०/१२ दिन छँदै सबै गोठाला बेँसी झरिसकेका छन्, चिसोले भेडा बिरामी पर्न थाले, गोठाला पनि बिरामी हुन लागेपछि हामीहर सबै तल आएका छौँ’, उनले भने, ‘अहिले ढोरपाटनमा भएका पनि एक पटक पानी पर्‍यो भने सबै बोबाङ, अधिकारीचौर निसी झर्छन् ।’

किसान पुनले पछिल्लो समय भेडी गोठालेको सङ्ख्या घट्दै गएको बताए । उनले पहिले एउटै गाउँका २०/२० घरमा भेडा पाल्ने गरेकोमा अहिले १० घरले मात्रै पाल्दै आएको बताउँछन् । भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायतिर नलाग्दा भेडा गोठाले बर्सेनि घट्दै गएको उनको भनाइ छ ।

‘पहिले–पहिले गाउँका धेरै मान्छेहरूले भेडा र गाई भैँसी पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठ बनाएर बस्ने गर्थ्यौँ, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्’, किसान पुनले भने, ‘पुराना बुढापाका नसक्ने भए, युवा केटाहरू सहर बजार बस्ने विदेशतिर जाने गर्न थालेपछि भेडा पाल्ने कम भएका छन् ।’

उनले अरू व्यवसायको तुलनामा भेडापालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए । भेडापालनबाट एक वर्षमा न्यूनतम रु चार लाखसम्म आम्दानी हुने उनको भनाइ छ । उनले भेडाको मासु मात्रै नभएर उनबाट बनेका कपडाको समेत राम्रो मूल्य पर्ने बताए ।

‘भेडापालन गरे त धेरै फाइदा छ, दुःख त कुन पेसा गर्दा हुँदैन र?, सबै पेसा व्यवसायमा परिश्रम गर्नुपर्छ, केही पेसामा अलि बढी होला केहीमा कम, तर दुःख त हुन्छ जहाँ पनि, भेडा पाल्ने हो भने दुईतिरबाट लाभ लिन सकिन्छ, मासु पनि राम्रो मूल्यमा बिक्छ, अझ बढी त्यसको रौँबाट बनेका कपडाको पर्छ, नेपालमा मात्रै होइन विदेशमा पनि रौँको कपडाको मूल्य बढी पर्छ’, उनले भने ।’