२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रस्ट हुन्छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रस्ट हुने बताएका छन् । विराटनगरमा आज गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

‘प्रदेशले ५ वर्षभित्रमा आफ्नो औचित्य पुष्टि गर्न सकेन भने प्रदेश हामीले बचाएर बच्दैन जनस्तरबाटै आवाज उठिहाल्छ’, उनले भने । उनले प्रदेशलाई बलियो बनाउन काँग्रेस नेता गुरु घिमिरे जस्ता नेताको खाँचो रहेको पनि बताए । तर, घिमिरेले चुनाव हार्दा प्रदेशले राम्रो मान्छे मिस गरेको थापाको भनाइ थियो । 

उनले ५ वर्षको सरकार चलाउने भन्दा पनि के गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । सरकार बनाउँदा स्पष्टता, प्रतिबद्धता र चरित्रवान नेतृत्व हुने बताउँदै उनले शक्ति, सीमा र स्रोतको सीमितताको बीचमा काम गर्नुपर्ने बताए ।

वर्तमान अर्थतन्त्र समस्याग्रस्त भइसकेको र यसलाई समाधान नगर्ने हो भने सङ्कटमा जाने पनि उनले बताए । काँग्रेसले ५ वर्षको सरकार राम्रो चलाए अहिलेको जस्तै २७ प्रतिशतको नभई ४० प्रतिशतको आकारमा पार्टी पुग्ने उनले बताए ।