९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई ६ वर्ष जेल सजाय

अ+ अ-

काठमाडौँ । अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ ।

६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ ।

तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।

उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ । तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रपतिको भूमिकामा रहनेछिन् । अभियोजनकर्ताहरूले उनलाई १२ वर्ष जेल सजाय माग गरेका थिए ।

फर्नान्डेजले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन् । फैसला पछि बोल्दै उनले आफूलाई ‘न्यायिक माफिया’ को शिकार भएको बताएको एसोसिएटेड प्रेस समाचार एजेन्सीले जनाएको छ ।

फैसला गर्नुअघि उनले अभियोजनकर्तालाई झुटो बोलेको र गाली गरेको आरोप पनि लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस