२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीलाई निःसर्त एमालेमा फर्कने जनादेश छ : सुवास नेम्वाङ

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई निःसर्त एमालेमा फर्कने जनादेश प्राप्त भएको बताएका छन् ।

हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणामबाट एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेकोप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

१६ महिनाअघि एमालेबाट २० प्रतिशत केन्द्रीय सदस्य र २३ सांसदसहित विभाजित भएर एकीकृत समाजवादी गठन भएको थियो । सो पार्टीलाई राष्ट्रिय दल नबनाएर नेपाली जनताले पुनः एमालेमै फर्कनुपर्ने सन्देश दिएको नेम्वाङ बताउँछन् ।

इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने क्रममा गृहजिल्लामै रहेका नेम्वाङले भने, “माधवकुमार नेपालजी नेतृत्वको नेकपा (एस)लाई निःसर्त एमालेमा फर्कने आदेश जनताले दिएका छन् । त्यो जनादेशलाई सम्मान गर्दै एमालेमा फर्कन मेरो आग्रह छ । जनताले राष्ट्रिय पार्टी नबनाउनु भनेको एमाले विभाजित गर्ने निर्णयलाई अस्वीकार गरेको हो भनेर उहाँहरूले बुझ्नुपर्छ ।”

सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दोस्रो पटकको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै पुनः स्थापना गर्ने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यसपछि ०७७ साउनमा माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।

यही मंसिर ४ गते भएको निर्वाचनमा काँग्रेस, नेकपा (माओवादी केन्द्र)सहित पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीले चुनाव लडेको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले सदर मतको ३ प्रतिशत नपाउँदा राष्ट्रिय पार्टी बन्न सकेन । अध्यक्ष माधव नेपाल रौतहट-१ बाट निर्वाचित भएका छन् । तर, पार्टीका सम्मानित नेता झलनाथ खनाल समेत इलाम-१ बाट पराजित हुन पुगेका छन् ।