काठमाडौँ। सरकारले कर्मचारी संचयकोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रशासक धिताललाई प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै कर्मचारी संचयकोषको रिक्त नेतृत्वमा पदपूर्ति भएको हो ।
गत वर्ष कोषको प्रमुख प्रशासकबाट तुलसी गौतमलाई हटाएपछि सहप्रशासक रहेका धितालले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा केही सुधारका प्रयासहरू भएका छन् ।
कर्मचारी सञ्चय कोष ऐन, २०१९ अन्तर्गत स्थापना भएको कर्मचारी सञ्चय कोष नेपाल सरकारको तर्फबाट सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि कोष व्यवस्थापन गर्दै आएको छ ।
आयकर ऐन, २०५८ अनुसार कोष एक अनुमोदित सेवा निवृत्ति कोष हो जसले सदस्यलाई उसको सञ्चय कोष र पेन्सन कोष खातामा योगदानमा वार्षिक आय कटौती लाभ र सेवा निवृत्ति पछि सञ्चय कोषको भुक्तानीको समयमा विशेष कर लाभ विशेषाधिकार अनुमति दिन्छ ।
कोषले सञ्चयकर्ताहरूलाई केही सामाजिक सुरक्षा लाभहरू पनि प्रदान गर्दछ, जस्तै सञ्चयकर्ता स्वास्थ्योपचार योजना, दुर्घटना क्षतिपूर्ति, सुत्केरी तथा शिशु स्याहार सुविधा, काजक्रिया अनुदान आदि ।