७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा पुरस्कार-२०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई 

अ+ अ-

काठमाडौँ । साझा पुरस्कार-२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ ।  

साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा।दामोदर रेग्मीले उनलाई पुरस्कृत गरेका हुन् । साझा प्रकाशनले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिका आधारमा कृति सृजनाकारलाई पुरस्कृत गर्दै आएको छ ।

त्यस्तै समारोहमा कृतिसमेत विमोचन गरिएको छ । समारोहमा मन्त्रालयका सचिव डा.रेग्मीले श्रीबाबु कार्कीद्वारा लिखित ‘संदिग्ध शताब्दी’ र डा।दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित ‘डोल्पो ओ डोल्पो’ निबन्ध सङ्ग्रह विमोचन गरेका हुन् ।

कार्यक्रममा सचिव डा.रेग्मीले साहित्य सृजना गर्ने लेखकले पुस्तक प्रकाशन गरेर ज्यादै दुःख पाउनुपरेको बताए । 

पुरस्कृत व्यक्तित्व प्राध्यापक ढुङ्गानाले पुरस्कारको लोभमा नभई पूर्वीय वाङ्मयको जानकारी दिन किताब लेखेको बताए । 

प्रा. डा. माधवप्रसाद पोखरेलले नयाँ-नयाँ प्रविधिको सुविधाले लेख्ने, पढ्ने र सृजना गर्ने संस्कृति हराएकामा चिन्ता व्यक्त गरे। 

साझा प्रकाशनका अध्यक्ष विजय सुब्बाले विगतमा साझा प्रकाशन नबुझ्ने मान्छेलाई महाप्रबन्धक र अध्यक्ष बनाइएका कारण साझा प्रकाशन सङ्कटकालीन अवस्थामा आएको बताए ।

प्रतिक्रिया दिनुहोस