२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय दलको कार्यालय व्यवस्थापन गर्न कर्मचारीलाई  भ्याइनभ्याइ

अ+ अ-

काठमाडौँ । निर्वाचनको अन्तिम परिणाम आएसँगै प्रदेश १ मा प्रदेशसभा बैठक सञ्चालनका लागि व्यवस्थापनको तयारी थालिएको छ । 

प्रदेशसभा बैठक बस्ने सभाहलमा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्नेसम्मको तयारीमा कर्मचारी सक्रिय भएका छन् । यतिबेला संसदीय दलको कार्यालय व्यवस्थापन गर्न र उनीहरू बस्ने ठाउँ मिलाउन सचिवालयका कर्मचारीलाई  भ्याइनभ्याइ छ । 

प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, प्रमुख विपक्षी दलका नेता, विपक्षी दलका नेता, मुख्यमन्त्रीको कार्यकक्ष र सत्तापक्षीय दलको कार्यालय व्यवस्थापनको काम सुरु गरिएको छ । अहिले सचिवालयमा कुर्सी, टेबुल, सोफासिट मिलाउनेदेखि रङरोगनको काम भइरहेको छ ।

निर्वाचन आयोगले मंसिर २६ गतेसम्म निर्वाचन प्रक्रियाका सबै काम सम्पन्न भइसक्ने जनाएको छ । 

प्रदेशमा ५६ सांसद प्रत्यक्ष र ३७ जना समानुपातिक प्रणालीमा निर्वाचित भएका छन् । प्रदेशसभा सचिवालयले जनाएअनुसार सभा सञ्चालन गर्ने र सांसदहरूको कार्यालय व्यवस्थापनको काम तीव्र रूपमा चलिरहेको छ ।