२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिनावारी विभेदमाथि ‘परपर छु…’ (भिडियोसहित)

अ+ अ-

बागलुङ । ‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराइजस्तो भयो मेरो जगत्
सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भो
जन्मदिने बाआमाले पानी बार्दिनु’भो
आफ्नै घर छु, तर परपर छु…’

एकातिर महिनावारीको असह्य पीडा, अर्कातिर सामाजिक, सांस्कृतिक विभेद । दुःख मिश्रित स्वरमा एक किशोरी विद्यालयको शुक्रबारे कार्यक्रममा गीत गाइरहेकी छिन् । महिनावारीमा महिलालाई अपवित्र ठानिने रुढी मान्यताको सिकार बन्न विवश उनी गीतमा भन्छिन्–

‘प्रकृतिको नियम होला तन दुःखेको थियो
समाजको नियमले झन् मन दुःखेको थियो
प्रकृति र समाजको नियम मानिरहेँ
केटाकेटीजस्तै थिएँ, केटी मात्रै भएँ
आफ्नै घर छु, तर परपर छु…’

महिनावारी भएकै कारण उनी विद्यालय जान पाउँदिनन्, सरस्वती पूजाबाट वञ्चित हुन्छिन् । उनलाई आफैँले बनाएको माटाको मूर्ति पुज्न दिइन्नँ । परिवारमा मात्र होइन, सार्वजनिक ठाउँमा पनि विभेदमा पर्छिन् । गाउँदागाउँदै उनी भक्कानिन्छिन् ।

‘नछुने यो कुचलनले कति रोएकी छु
श्वास नफेर्नुस् आज मैले हावा छोएकी छु
रगत पोतेकी छु, गीतमा आँसु भरेकी छु
किनकि म आज पनि पर सरेकी छु…’

किशोरीको गायन प्रस्तुतिले जसरी विद्यालय परिसरमा सन्नाटा ल्याउँछ उसैगरी युट्युबमा उक्त गीतको शब्द दृश्य हेर्नेरसुन्ने जो–कोहीलाई पनि भावुक बनाउँछ र महिनावारी विभेदबारे सोच्न बाध्य पार्छ ।

लोकप्रिय गायक सर्जक प्रकाश सपुतको शब्द तथा सङ्गीतमा गायिका तुलसी बोहोराले स्वर दिएको गीत हो– ‘परपर छु…’ आरान प्रोडक्शनले निर्माण गरेको गीतको म्युजिक भिडियोमा केकी अधिकारी, प्रकाश सपुत र सविता अधिकारीको अभिनय छ ।

कथा लेखन र निर्देशन पनि सपुतकै रहेको छ । गीतलाई कथा र संवादले जीवन्त बनाएको छ । सरल र मौलिक लोकलयमा गीत आधारित छ । विद्यालय उमेरकी किशोरीको भूमिकामा सविता जमेकी छिन् ।

समाजमा अझै पनि महिनावारीलाई अन्धविश्वाससँग जोड्ने र विभेदलाई मलजल गर्ने प्रवृत्तिविरुद्धको सचेतनाका रूपमा यो गीतलाई लिइएको छ । महिनावारी सचेतनाका लागि ‘सबैले सोचौँ र मिलेर केही गरौँ’ भन्ने सन्देश गीतले दिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसर पारेर ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको थियो । राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा तयार पारिएको उक्त गीतले दुई दिनमै युट्युबमा तीन लाख बढी भ्यूज पाएको छ । २४ हजार लाइक र झण्डै दुई हजार प्रतिक्रिया आएका छन् ।

महिनावारीजस्तो स्वभाविक शारीरिक प्रक्रियालाई लिएर महिलामाथि हुने विभेद हटाउन र महिनावारी सचेतना जगाउन गीतले सिर्जनात्मक बल दिने विश्वास लिइएको छ ।