७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८९ रुपैयाँमा किनेपनि किन मूल्य घटाउँदैन आयल निगम ? 

अ+ अ-

काठमाडौँ । १५ मंसिरमा भारतीय आयल कर्पोरेसन (आईओसी) को नयाँ मूल्यअनुसार नेपाल आयल निगमले एक लिटर पेट्रोल जम्मा ८९ रुपैयाँ ७१ पैसामा किन्छ । तर नेपालमा बिक्री मूल्य १८१ रुपैयाँ छ ।

यस्तै प्रतिलिटर ११९ रुपैयाँमा किनेको डिजेल १७८ रुपैयाँमा र ११२ रुपैयाँ ९७ पैसामा किनेको हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ ।

गत वर्ष यसै समयबाट सुरु भएको इन्धनको मूल्यवृद्धि पछिल्लो ५ महिनायता निरन्तरजसो ओरालो लागिरहेको छ । निगमकै तथ्याङ्कले पनि पछिल्लो दुई महिनायता निगम निरन्तर नाफामा छ ।

३१ असोजदेखि १५ कात्तिकसम्म ३९ करोड, १५  कात्तिकदेखि १ मंसिरसम्म १८ करोड र १ मंसिर यता निगम ५८ करोड ७१ लाख रुपैयाँ नाफामा छ । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई एक महिनामा एक अर्ब १६ करोड रुपैयाँ नाफामा छ ।

पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि यो महिना झनै धेरै नाफा कमाउने छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण २७ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य समायोजन गरेन ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धिबाट जोगाएका कारण अहिले निगमको बक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने तर्क गर्छन् ।

आयल निगमको नाफा र घाटाको हिस्सा उपभोक्तालाई बराबर बाँड्न निगम आफैँले बनाएको स्वचालित मूल्य समायोजन प्रणाली लागू नगरेको एक वर्ष भइसकेको छ ।

निगमले पेट्रोलियम पदार्थको आयात र बिक्रीलाई अन्तर्राष्ट्रिय मूल्यबाट प्रभावित हुन नदिन २०७१ सालमा स्वचालित मूल्य निर्धारण कार्यविधि लागू गरेको थियो । १५ दिनको खरिद मूल्यलाई आधार मानेर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गर्दै आएको थियो । तर रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको प्रवक्ता उपाध्याय बताउँछन् ।

पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । भारतले खरिद गरेर नेपाललाई बिक्री गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य त चार हप्ताको बीचमा प्रतिब्यरल २२.८९ डलरले घटेको छ ।

कात्तिक २५ (नोभेम्बर ११) गते प्रतिब्यारल ९५.९९ डलर रहेको ब्रेण्ट कच्चा तेलको मूल्य आइतबार ७५.१० डलर प्रतिब्यारलमा झरेको छ ।

पाँच महिना अवधिमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा १२२ डलरबाट ४५ डलरले घटेर ७५.१० डलरमा आइपुगेको छ ।

निगमको नेतृत्व र सञ्चालक समितिले अहिलेसम्म इन्धन मूल्य घटाउने विषयमा छलफलसमेत गरेको छैन । निगम सञ्चालक समितिको बैठक पनि नबसेको धेरै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस