काठमाडौँ । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले दोस्रो कार्यकालको प्रदेशसभा अधिवेशनको सम्पूर्ण तयारी करिब सकिएको बताएका छन् ।
प्रदेशसभा सचिवालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी खड्काले निर्वाचन आयोगले समानुपातिक सहित अन्तिम परिणाम सार्वजनिक गरेसँगै प्रदेशसभा अधिवेशनको प्रक्रियाहरू सुरु गरिने बताए ।
प्रदेशसभा अधिवेशनको लागि सर्वदलीय बैठक सहितका तयारीहरूको विषयमा सचिवालयले काम गरिरहेको भन्दै उनले प्रदेशसभाको लागि भवनमा रङ रोगन, सिट व्यवस्थापन, कार्यव्यवस्था समितिका बैठक कक्ष, सभामुख, उपसभामुखको बैठक कक्ष लगायतको कामहरू समेत सम्पन्न भैसकेको उनले बताए ।
प्रदेशसभाको नयाँ भवन निर्माण भइनसकेको अवस्थामा पुरानै भवनलाई मर्मत तथा अझ व्यवस्थित बनाएर पहिलो अधिवेशनको तयारी गरिएको उनको भनाई छ ।
पुस महिनाभित्र सांसदहरूको शपथ हुने बताउँदै उनले पुसभित्रै पहिलो अधिवेशनको सुरुवात हुनसक्ने बताए ।







