२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यान्त्रिक परीक्षण उडान प्रतिवेदन आज आउने

अ+ अ-

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।

विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एरोथाईको टोलीले गरेको एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको लगायतका परीक्षणको प्रतिवेदनका आधारमा परीक्षण उडान हुनेछ ।

कम्युनिकेसन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण प्रतिवेदनका आधारमा जहाज उडान तथा अवतरणको बाटो खुल्ने उनले बताए । विमानस्थल सञ्चालनको तयारीअनुसार नागरिक उड्डयन कार्यालय पोखराले विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिसकेको छ । त्यस्तै रिट्ठेपानी डाँडा कटानको कामसमेत धमाधम भइरहेको छ ।

विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतको कामसमेत अघि बढेको छ । विमानस्थल सञ्चालनको तयारी तीव्र रूपमा भए पनि पहिलो अन्तर्राष्ट्रिय उडान कसले गर्ने भन्ने अझै यकिन भइनसकेको प्रवक्ता निरौलाले बताए ।

‘बुद्ध एयरले पोखरालाई भारतसँग जोड्ने गरी पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुसार प्रक्रिया अघि बढाएको छ तर पहिलो उडान कसले गर्ने भन्नेबारे निर्णय भइसकेको छैन्,’ उनले भने । बुद्ध एयरले पोखराबाट भारतको बनारस, दिल्ली र देहरादुन उडान भर्न चाहेको उनले बताए । विमानस्थल व्यावसायिक सञ्चालनमा ल्याउने तयारीका बीच ल्यान्डफिल साइट सार्ने, प्याराग्लाइडिङको व्यवस्थापनलगायतका चुनौतीको टुङ्गो अझै लाग्न सकेको छैन ।

त्यसैगरी विमानस्थलको सुरक्षार्थ सेनाको ब्यारेक निर्माण, हवाई इन्धन भर्ने डिपो निर्माण, वर्षाको पानी नियन्त्रण, नहर तथा ढलको व्यवस्थापन, विमानस्थलको पूर्वतर्फ रहेको विजयपुर खोला नजिकैको जग्गामा गइरहेको पहिरो नियन्त्रणलगायतका बाधासमेत कायमै रहेका छन् । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।