काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
संवैधानिक जटिलता सिर्जना भएपछि उहाँले पदबाट राजीनामा दिएका हुन् । प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका छन् ।
बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रूपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो ।
पाण्डेले ०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए ।







