९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ज्येष्ठ नागरिकको सम्मान बिना कुनै पनि समाज सभ्य र सुसंस्कृत हुन सक्दैन’ -सचिव शर्मा 

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले ज्येष्ठ नागरिकको सम्मान बिना कुनै पनि समाज सभ्य र सुसंस्कृत हुने नसक्ने बताएका छन् । ज्येष्ठ नागरिकलाई सम्मान दिनु हामी सबैको कर्तव्य भएको बताउँदै सचिव शर्माले आचरण, व्यवहार र कर्मले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताए । 

प्रज्ञा प्रतिष्ठानमा आयोजित सोमबार(आज) दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव शर्माले सो धारणा राखेका हुन् । 

उनले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूका साझा कार्य जिम्मेवारीमा रहेको ज्येष्ठ नागरिक अधिकार संरक्षण एवं सामाजिक सुरक्षाका लागि समन्वयात्मक र एकीकृत नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न मन्त्रालयले पहल गर्ने समेत बताएका छन् । 

यसैगरी मन्त्रालयकी सचिव आभा श्रेष्ठले हरेक स्थानीय तहमा स्थापना गरिने ज्येष्ठ नागरिक मिलन केन्द्रहरूलाई ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप तथा अनुभवको पुस्तान्तरणका लागि अन्तरपुस्ता अन्तरक्रिया गर्ने स्थलको रूपमा विकास गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन् । 

ज्येष्ठ नागरिकहरूप्रति हुने दुर्व्यवहार नियन्त्रणमा आवश्यक कानुनी सुधारका साथै सामाजिक एवं सामुदायिक चेतनामूलक अभियान सञ्चालन गर्दै लगिनु पर्ने बताउँदै सहसचिव श्रेष्ठले हामी सबैले व्यवहारबाटै लागू गर्न सके मात्रै यो अभियानले सार्थकता पाउने बताइन् । 

त्यसैगरी ज्येष्ठ नागरिक महासङ्घ तथा गाउँपालिका महासङ्घका प्रमुख तथा प्रतिनिधीहरुले ज्येष्ठ नागरिकहरूको सम्मानका लागि आफूहरू सक्रियताका साथ लागि पर्ने धारणा राखेका थिए । 

हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार भन्ने नाराका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्वमा ज्येष्ठ नागरिक महासङ्घ र अन्य संस्थाहरूको सहकार्यमा शुरु सप्ताहव्यापी ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रम आयोजना गरी मनाइने जनाइएको छ । 

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता घोषणा गरेको दिन अर्थात् २०५१ साल पौष ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस