२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय एसएसबीको एसएमजी बरामद

अ+ अ-

रौतहट । भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को हराएको गोली, म्यागजिनसहितको स्वचालित हतियार बारास्थित नेपाल–भारत सीमा क्षेत्रबाट बरामद भएको छ ।

भारतको बिहारस्थित घोडा सहन थाना क्षेत्र अन्तर्गत अठमोहान क्याम्पका एसएसबीको सोमबार साँझ हराएको हतियार बारास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जको सूचनाको आधारमा भारतीय क्षेत्रबाट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए ।

एसएसबी अठमोहानका एक जना जवान गस्तीको क्रममा सोमबार साँझ ७ बजे सतुवाही नाका नजिकै एउटा झोलामा एसएमजी हतियार भुईँमा राखेर पिसाब फेर्ने क्रममा उक्त हतियार हराएको थियो ।

हतियार हराएपछि भारतीय सीमा सुरक्षा बल एसएसबी, इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जको संयुक्त टोलीले रातभरि सीमावर्ती क्षेत्रमा हतियारको खोजी गरेको थियो ।

मङ्गलवार बिहान सशस्त्र प्रहरीले पाएको सूचनाको आधारमा एसएसबीले घोडा सहन थाना क्षेत्र अन्तर्गत कोईरगांवा गाउँछेउ खेतमा फालेको झोलाभित्रबाट एसएमजी १ थान, ३५ राउन्ड गोलीसहितको म्यागजिन बरामद गरेको डिआइजी ठाडा मगरले जानकारी दिए ।

हतियार बरामद भएपछि एसएसबीले नेपाली सुरक्षा निकाय तथा सशस्त्र प्रहरी बलप्रति आभार प्रकट गरेको उनले बताए ।