२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलौली नगरपालिकामा पाँच दिनदेखि लगाइएको ताला खुल्यो

अ+ अ-

काठमाडौँ । बैतडीको मेलौली नगरपालिकाको कार्यालयमा पाँच दिनदेखि लगाइएको ताला खुलेको छ।

मङ्गलवार जिल्लाका सुरक्षाकर्मी र तालाबन्दी गराउने पक्षबीच बसेको बैठकपश्चात् नगरपालिका कार्यालयमा लगाइएको ताला खुलाउने निर्णय भएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक योगेश खत्रीले बैठकको निर्णयअनुसार नगरपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो।

तालाबन्दी खुलेसँगै सेवा प्रवाह सुचारु हुनेछन्।

पाँच दिन अघि मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा वडा नम्बर १ र ७ का स्थानीयबीच विवाद पछि झडप भएको थियो। सोही झडपमा स्थानीय ३५ जना घाइते भएका थिए।

घटनापछि थप अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक खत्रीको नेतृत्वको टोली पनि पाँच दिनदेखि मेलौलीमा छ।

दुवै वडाका स्थानीयहरूले आ-आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राख्दै सडक-यातायात बन्ददेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।

मङ्गलवार बसेको बैठकले नगर प्रमुख र उपप्रमुख नगरपालिकामा नफर्किउन्जेल यातायात र तालाबन्दी खुलाउने सहमति भएको प्रहरी निरीक्षक खत्रीले बताए।

मेलौली नगरपालिकाका सूचना अधिकारी सपना कार्कीले मेलौलीमा आधारभूत अस्पताल बनाउने विषयमा लामो समय देखि विवाद छ।

सोही विवादका कारण अस्पताल निर्माण भइसक्नुपर्ने समयसम्म यो योजना अलपत्र अवस्था छ। १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा वडा नम्बर १ मा डिपिआर समेत भइसकेको त्यहाँका स्थानीयको दाबी छ।