२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपरथी शाहीबारे छानबिन गर्न सेनाको ‘कोर्ट अफ इन्क्‍वाइरी’ गठन

अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका छन्। आर्थिक अनियमिततामा मुछिएका सैनिक उपरथी प्रेम शाहीबारे छानबिन गर्न प्रधानसेनापति शर्माले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेको नेपाली सेनाका प्रवक्ता एवं उपरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको कोर्ट अफ इन्क्वारीले उनीमाथि लागेको आरोपका विषयमा छानबिन गर्ने र सोही प्रतिवेदनका आधारमा उपरथी शाहीबारे कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।

उपरथी शाहीलाई गत पुस १९ गते सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पदमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लगेपछि शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो।

उपरथी शाही पुस २० गतेबाट नियमित अवकाशमा जाँदै थिए। आफ्नो जन्म मितिमा एक वर्ष उमेर घटाइएको भन्दै उनले गत ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। शाहीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुस १३ गते अवकाशमा जाने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

उनले आफ्नो जन्म मिति २०२३ पुस २२ कायम हुनुपर्ने माग गर्दै आइरहेका छन्। सर्वोच्चको आदेशपछि शाहीले थप एक वर्ष जागिर खान सक्थे। तर, जङ्गी अड्डाले उनलाई आर्थिक अनियमिततासम्बन्धी विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिएको हो।