२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागिएको छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार ७ दलसँगै नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि विश्वासको मत मागिएको बताएका छन्।

सिंहदरवारस्थित संसदीय दलमा सोमबार बसेको बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले मङ्गलवार संसदमा विश्वासको मत लिने कार्यक्रम भएकोले सबै दलहरूसँग मत मागिएको ब्रिफिङ गरेका हुन्।

बैठकका निर्णय जानकारी गराउँदै प्रमुख सचेतक हितराज पाण्डेले सत्ता साझेदार दलका अलवा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलसँग पनि विश्वासको मतका लागि कुराकानी गरिएको जानकारी प्रधानमन्त्रीले बैठकमा राखेका छन्।

प्रधानमन्त्रीले जानकारी गराएअनुसार सबै दलसँग विश्वासको मत माग्ने काम भएको उनले बताए।

‘प्रधानमन्त्रीले जानकारी गराएअनुसार सबै दलसँग कुराकानी भएको छ, काँग्रेस र एकीकृत समाजवादी लगायतसँग पनि,’ उनले भने, ‘विश्वासको मत दिन दलहरूलाई अपिल गरिएको छ। विषयवस्तु सकारात्मक नै छ।’

प्रधानमन्त्री प्रचण्डले माओवादीका सांसदहरूलाई व्यक्तिगत रूपमा पनि सांसदहरूसँग कुराकानी गरेर विश्वासको मतका लागि पहल गर्न आग्रह गरेका थिए।