९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै

अ+ अ-

काठमाडौँ । प्रदेश १ प्रदेश सभाको दोस्रो बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो ११ बजेका लागि बैठक बोलाइएको छ ।

प्रदेश सभाको आजको बैठकले सभामुखको निर्वाचित मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो ।

उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुखको उम्मेदवार छनोट गर्न माओवादी केन्द्रलाई सकस परेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सभामुखका उम्मेदवारका विषयमा छलफल भए पनि सहमति जुटेन ।

सभामुखको उम्मेदवारको नाम टुङ्गो लगाउन आज बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले बताए ।

माओवादीबाट उदयपुरका सांसद नारायण बुर्जामगर, ओखलढुङ्गाका सांसद बाबुराम गौतम र मोरङकी गीता तिम्सिना सभामुखको दाबेदार छन् । सङ्खुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्की पनि सभामुखको दाबेदार हुन् ।

ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बस्ने आजको प्रदेशसभा बैठकमा सरकार गठन सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस