९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला मन्त्री थपलियालाई

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई जिम्मेवारी दिइएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा मंगलबार बसेको पहिलो बैठकले थपलियालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकार समक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको फलोअप गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले बताए ।

त्यसैगरी आज बसेको मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री जम्मकट्टेलले गरेको पहिलो निर्णयलाई अधि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सो कार्यदलले आगामी १५ दिन भित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ । समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव लगायत रहने गरी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस