काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जंगलमा जलेको अवस्थामा शव फेला परेको छ ।
पशुपतिस्थित किरातेश्वर मन्दिर नजिकै पुरै शरीर जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
जलेको अवस्थामा शव भेटिएपछि अहिले त्यहाँ अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको उपत्यका प्रहरीका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार शवनजिकै बोतलमा पेट्रोल समेत भेटिएको छ ।
पेट्रोल छर्केर आगा लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।