९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादास्पद ठेकेदारलाई शहरी विकासको जिम्मा 

अ+ अ-

काठमाडौँ । भौतिक संरचना तथा भवन निर्माणको नेतृत्व गर्ने शहरी विकास मन्त्रालयको जिम्मा ‘ठेकेदार सांसद’ विक्रम पाण्डेले पाएका छन् । राप्रपाका नेतासमेत रहेका ठेकेदार पाण्डेलाई सो पार्टीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री नियुक्त गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला चितवन–३ बाट निर्वाचित पाण्डेले भ्रष्टाचार कसूरमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आफैँ महत्त्वपूर्ण विकासे मन्त्रालय रहेको शहरी विकासमा पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लाका योजना हात पारेको छ । ‘दूधको साक्षी बिरोलो’ भनेझै आजदेखि मन्त्री र ठेकेदार दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । 

७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार मुद्दामा मुछिएर विवादित बनेका ठेकेदार पाण्डेलाई मन्त्री बनाएपछि लिङ्गदेनको भनाइ र गराइमा आकाश जमिनको फरक देखिएको छ । 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने  ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको नागरिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । 

कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेलाई पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी शहरी विकास मन्त्री बनाइएपछि प्रधानमन्त्री प्रचण्डको समेत आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस