७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालको विल भुक्तानीमा कृषि विकासको क्युआर कोड

अ+ अ-

काठमाडौँ । विद्युतीय भुक्तानीको कारोबारमा जोड दिँदै आइरहेको कृषि विकास बैङ्कले आफ्ना एक्सटेन्सन काउन्टर सञ्चालन गरेका अस्पताल तथा कलेजहरूमा क्युआर कोड सेवा उपलब्ध गराउँदै आएको छ । विशेष गरी सिभिल अस्पताल, काठमाण्डौं र वि.पी. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवनका सेवाग्राहीले यी अस्पतालको विलमा भएको भुक्तानीका लागि क्यु.आर.कोड स्क्यान गरी सहज रूपमा भुक्तानी गर्न सक्ने  बैङ्कले जनाएको छ । 

यो सेवाको विस्तार पश्चात् अस्पतालमा सेवा लिन जाने सेवाग्राहीहरू नगद बोकेर लैजाने झन्झटबाट मुक्त हुने बैङ्कको भनाई छ । बैङ्कको मोबाइल बैङ्किङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आबद्ध विभिन्न बैङ्कका मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूले क्युआर कोड स्क्यान गरी सेवाग्राहीको सेवा शुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । 

यस प्रकारको सेवाले अस्पताललाई नगद व्यवस्थापन गर्न सजिलो भएको छ भने हिसाब किताबमा पनि भुलचुक कम हुने, छिटोछरितो हुने र पारदर्शिता समेत रहेको अस्पतालको अनुभव रहेको छ । यसरी अस्पतालको व्यवस्थापन र सेवाग्राही दुवै  बैङ्कको यस सेवा प्रति सन्तुष्ट रहको अस्पतालले जनाएका छन् । 

बैङ्कको ५६ औँ वार्षिकोत्सवको अवसरमा बैङ्कले विद्युतीय कारोबारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उद्देश्यले यस्तो योजना ल्याएको निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी गराए । 

क्युआर कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोबार पूर्ण रूपमा सुरक्षित हुने र कारोबारमा फरक परेमा हिसाब मिलान पनि सहज हुने कुरा बैङ्कको डिजिटल बैङ्किङ विभागका विभागीय प्रमुख गिरीराज रेग्मीले बताए । 

प्रतिक्रिया दिनुहोस