१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीतन्त्र सुधार्छौँ, भनसुनमा नलाग्नुहोला’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले कर्मचारीतन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनका लागि काम गरिरहेको बताएका छन् । उनले सरुवा, बढुवासहितका अनुचित काम लिएर आफूहरूसम्म नआउनका लागि पनि आग्रह गरेका छन् ।

प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत अनैतिक र अनुचित कामका लागि आफ्नो पार्टीका नेताहरूसम्म नआउनका लागि आग्रह गरेका हुन् । उनले रास्वपासहित सबै राजनीतिक दलको हस्तक्षेपबाट कर्मचारीतन्त्रलाई स्वतन्त्र बनाउने काममा रहेको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन् :
फलानो व्यक्तिलाई फलानो ठाउँमा सरुवा गरिदिनु जस्तो अनैतिक, अनुचित कुरा लिएर हाम्रो पार्टीका मन्त्री, सांसद वा पार्टीका कोही पनि जिम्मेवार व्यक्तिसामु नआउनु होला । राज्यका संरचनामा पहुँच र पैसाको खेलमा हुने सरुवा प्रणालीविरुद्ध उदाएको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी । यस्तो पहुँचका आधारमा हुने सरुवालाई रोक्न, सरुवा कार्यविधि बनाएर हामीले काम सुरु गरिसकेका छौँ । हालै मात्र गृह मन्त्रालयअन्तर्गत सीडीयोहरूको सरुवा पनि सरुवा कार्यविधि बनाएर कार्यविधिअनुरूप भएको छ । नेपालको कर्मचारीतन्त्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनु हाम्रो उद्देश्य हो । र राजनीतिक हस्तक्षेपमुक्त भनेको काङ्ग्रेस, एमाले, माओवादीको हस्तक्षेपबाट मात्र होइन, हामी पनि राजनीतिक दल भएकाले हाम्रो पनि हस्तक्षेपबाट मुक्त गराउनु हो ।

हामी राजनीति गर्न आएका हौँ , राज व्यक्ति होइन । अर्थात्, कुनै व्यक्ति विशेषका कुरा गर्दैनौँ, जे गर्छौँ, नीति अनुरूप गर्छौँ । यदि तपाईँ हाम्रो आफ्नो मान्छे हो भने, हामीलाई सरुवा, बढुवालगायत यावत काममा कसरी थिति बसाल्ने, पहुँच र पैसाको बलमा हुने अनुचित कार्य कसरी रोक्ने भनेर सल्लाह दिनुहोस्, आग्रह गर्नुहोस्, भनसुन गर्नुहोस् । तर कुनै व्यक्ति विशेषको सरुवा, बढुवा लिएर तपाईँ आउनुहुन्छ भने, मैले त यति बुझेँ, तपाईँ हाम्रो आफ्नो मान्छे होइन, हुँदै होइन ।

तपाईँहरूको काम नगरिइदिँदैमा, हाम्रा बारेमा नराम्रा टिप्पणी सुरु गर्नुहोला, मिडियामा नकारात्मकता छपाउनु होला । जनतासँगको सम्बन्ध टुटाउने प्रयास गर्नुहोला । जनतालाई हामी पनि उस्तै रहेछौँ भनेर भ्रमित पार्ने कोसिस पनि गर्नु होला । केही दिन, केही महिना, केही वर्ष जनता भ्रमित पनि भइराख्लान्, तर एक दिन जनताले अवश्य बुझ्छन् । दलालहरूको पन्जाबाट मुक्त गराएर विधि र पद्धतिअनुरूप देश र जनताको पक्षमा राज्य सञ्चालन गराउन खोज्नु भनेको युद्ध लड्नुभन्दा ठुलो चुनौती लिएर अघि बढ्नु हो भन्ने सत्यलाई बुझेका छौँ । हामीलाई थाहा छ, जति जति दलाली प्रभावबाट पर बसेर काम गर्छौँ, हाम्रा बारेमा एउटा सिङ्गो संरचना जनतालाई पनि भ्रमित पार्ने गरी हामीलाई बदनाम गराउन तत्पर रहनेछ । तर फेरि पनि भनेँ, यो यात्रा लामो छ र एक दिन जनताले अवश्य बुझ्नेछन् । सत्कर्मको मार्गमा हिँड्न कदापि छोड्दैनौँ ।

प्रतिक्रिया दिनुहोस