९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै

अ+ अ-

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर सङ्कलन गर्ने भएको छ । घर र जग्गा प्रयोग गरेबापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो । उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगर सभाबाट स्वीकृत गरेर शुल्क लैजाने तयारी गरिएको हो ।

नगर सभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । उपमहानगरपालिकाको नगर सभा माघ २० गते बस्ने भएको छ । कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगर सभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताए ।

घर हटाइँदै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तर पूर्वतर्फ रहेका तीन वटा पक्की घर सम्बन्धित घरधनी आफैँले हटाउने भएका छन् । केही दिनमै ती घर हटाउने गरी घरधनीले तयारी गरेको उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले बताए ।

त्यहाँ तुलसीपुरका व्यवसायी टेकराम खड्का, तुलसीपुर–१८ मानपुर निवासी अमर नेपाली र उहाँका एक जना आफन्तको गरी तीन वटा पक्की छन् । उहाँहरूले नै घर आफैँ भत्काउने गरी तयारी गरेको इञ्जीनियर योगीले बताए। ‘टेकराम खड्काको घर आफैँ भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्’, उनले भने, ‘अरु दुई वटा घर पनि आफैँ भत्काउने गरी अन्त घर हाल्न लागेको कुरा गर्नुभएको छ, छिट्टै उहाँहरूले आफैँ जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।’ उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ त्यसरी अतिक्रमणमा परेको हो ।

उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचना हटाउने गरी प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच कित्ता छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं ५ (ख) कै ५४५ मा ३४ कठ्ठा, ५ (ख) ५४६ मा ११ कठ्ठा र ५ (ख) ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्ग मिटर जग्गा रहेको छ । तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस