१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुद्दा लागेको मान्छेलाई पार्टीले काखी च्याप्नुको कारण के हो ?’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राजनीति गर्ने मान्छे, पार्टी, नेता, सांसद, मन्त्रीप्रति जनताको विश्वास श्रद्धा पटक्कै नभएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले निर्दलीय व्यवस्था पक्षधरहरूले पनि राजनीतिक दलहरूप्रति घृणा फैलाइरहेको र अर्कोतिर राजनीतिक पार्टीहरूमा पनि विभिन्न खालको अपराधमा संलग्न मान्छेहरू आबद्ध रहेको जनताले देखिरहेको बताए ।

फौजदारी मुद्दा लागेको मान्छेलाई पनि आफ्नो पार्टीमा हुल्ने नयाँ चलन नभएको बताउँदै दक्षिण एसियाका देशहरूमा सामाजिक अपराधीहरू कारबाही गर्नुको सट्टा उनीहरूलाई राजनीतिक दलहरूले काखी च्याप्नुको कारण के हो भन्दै प्रश्न गरे ।

अपराधीलाई काखी च्याप्दा पार्टीको बदनाम, प्रणालीको नै बदनाम हुने भन्दै उनले भने, ‘विधिको शासन चलाउने भनेको त जुन औलामा विष लाग्छ त्यो औँला त झर्छ नि । त्यस कारण यो संसदीय व्यवस्थालाई जनताप्रति आस्था जगाउने हो भने चाहे आफ्नो पार्टीको कार्यकर्ता होस, चाहे नेता होस, दूधको दूध, पानीको पानी, उसको कसुर अनुसार कारबाही गराउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ । हामीले हाम्रो सीमित दलगत स्वार्थका लागि आफ्नो पार्टीको मान्छे दोषी छ, खराब छ भने त्यसलाई जसरी पनि जोगाउने, त्यसैमा अर्को पार्टीको छ भने त्यसलाई किक आउट गर्ने यसले के गर्छ ? यसले विधिको शासन हैन मनपरी तन्त्र हुन्छ त्यसैले समयमै हामी चिन्नुपर्ने अवस्था छ ।’

उनले लडेर ल्याएको गणतन्त्र, लोकतन्त्र र संसदीय व्यवस्थालाई जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने अग्निपरीक्षामा रहेको बताए । यस्तै सभामुखलाई बधाई दिँदै सांसद केसीले सभामुखको भूमिका ‘बैदार हुन सजिलो छ सही बुझाउन गाह्रो’ भनेजस्तै चुनौतीपूर्ण रहेको बताए । लामो समय राजनीतिक पार्टीसँग आबद्ध रहेको व्यक्ति संसदभित्र बसेर तटस्थ बसेर सभामुखको भूमिका निर्वाह गर्न गाह्रो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस