९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेम आचार्यलाई डा. तोसिमाले भनिन् : दाइ किन यस्तो गर्नुभयो, राज्य छ नि तपाईँहरूका लागि

अ+ अ-

काठमाडौँ । मङ्गलवार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैँलाई आगो लगाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किए लगत्तै उनले मूल सडकमा आफैँलाई आगो लगाएका थिए ।

प्रहरीले तत्काल उद्धार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न वार्डमा पुर्‍यायो । उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ हुन् ।

चिकित्सकहरूका अनुसार अस्पताल पुर्‍याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान निधन भयो ।

उनले आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेका छन् । नोटमा रङ्गिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवार बहन गर्दै जाँदा अनेकौँ ठक्कर खानु परेको उल्लेख गरेका छन् । वैदेशिक रोजगारीमा जाँदादेखि उद्योग चलाउँदा भोग्नु परेको समस्या र त्यसबाट पाएको शून्य उपलब्धी पाएको उनले उल्लेख गरेका छन् ।

आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्कीलाई पनि सम्बोधन गरेका थिए ।

उनले लेखेका छन्, ‘देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगश भट्टराई, तोसिमा कार्की लगायत तमाम नयाँ अनुहारहरूलाई बिन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरू आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस् ।’

हाल स्वास्थ्य राज्य मन्त्री समेत रहेकी डा कार्की उनको स्ट्याटस पढे लगत्तै मङ्गलवार बेलुकी कीर्तिपुर अस्पताल पुगेकी थिइन् । स्वयम् पनि जनरल सर्जन रहेकी उनले आचार्यलाई ‘नयाँ सरकार बनेको थियो, केही न केही उपाय खोज्थ्यौँ । किन यस्तो निर्णय लिनु भयो ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

यस्तो छ, डा. कार्की र आचार्यबिच भएको कुराकानीको अंश :

डा. तोसिमा : प्रेम दाइ, म आएको छु है, डाक्टर तोसिमा कार्की ।

आचार्य: मैले चिनेँ ।

डा. तोसिमा : अनि किन यस्तो गर्नु भएको छ तपाईँले ? मेरो नाम पनि लेख्नु भएको रहेछ !

आचार्य : मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरू लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरू हेर्नुस् ।

डा. तोसिमा : मैले पूरा पढेँ तपाईँको स्ट्याटस, हेर्नुस् त तपाईँले के गर्नु भएको यस्तो । हामी थियौँ नि ! राज्य छ नि तपाईँहरूका लागि !

आचार्य : कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।

डा. तोसिमा : हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पर्थ्यौ । केही न केही उपाय खोज्थ्यौँ ।

त्यसपछि आचार्यले बोलेको प्रस्ट बुझिँदैन । अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न भन्दा आचार्यले ‘पेन किलर’ लगाइदिन भन्छन् । त्यसपछि उनले ‘रवि सरलाई पनि भन्दिनुस्’ भन्छन् ।

प्रतिक्रिया दिनुहोस