९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृतबाट राजीनामा दिएकी अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने तयारी

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ ।

नेताहरूका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गरिदिइन् । त्यसपछि प्रचण्डले नै अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरेका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादीबीच राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिने सहमति छ । सहमतिअनुसार माओवादीले अर्याललाई अगाडि सारेको हो ।

तर, जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सभाको उपाध्यक्ष लिएर सरकारमा सहभागी हुन तयार भए छोडिने पनि माओवादी नेताहरू बताउँछन् । अन्यथा सत्ता साझेदार दलहरूको तर्फबाट अर्याल नै राष्ट्रिय सभाको उम्मेदवार बन्ने नेताहरूको भनार्ई छ ।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २२ गते मनोनयन दर्ताको समय छ । निर्वाचन माघ २३ गते हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभामा एमाले र माओवादी सम्मिलित सत्ता साझेदार दलहरूको बहुमत छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको टुङ्गो लगाएका छैनन् । तर, सत्ता साझेदार दलहरूले अर्यालको नाम लगभग टुङ्गो लगाएका छन् ।

अर्याल नेकपा एमालेबाट राजनीतिमा आएकी नेता हुन् । झलनाथ खनाल नेतृत्वको एमाले-माओवादी सरकारमा उनी स्थानीय विकास मन्त्री समेत भएकी थिइन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । महिला विकास अधिकृतबाट राजीनामा दिएर ०४८ सालमा एमाले प्रवेश गरेकी थिइन् । एमालेमा प्रवेशपछि उनी सांसद, मन्त्री र पार्टीको पनि महत्त्वपूर्ण जिम्मेवारीमा थिइन् ।

माओवादीमा प्रवेश गरेपछि ओझेलमा पर्दै आएकी अर्याललाई प्रधानमन्त्री प्रचण्डले मन्त्री नै बनाउन चाहेका थिए । ‘लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने’ भन्दै उनले मन्त्री बन्न अस्वीकार गरेकी थिइन् । उनै अर्याललाई माओवादीले राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवारको रूपमा अगाडि सारेको हो । उनी गत वर्ष भएको राष्ट्रियसभाको चुनावमा मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस