२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः मत गणनाका लागि अदालत पुगेका वडाध्यक्षको विपक्षमा फैसला

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले पुनः मत गणनाका लागि उच्च अदालत जनकपुरबाट भएको आदेशलाई उल्टाइदिएको छ । सर्लाही हरिवन नगरपालिका वडा नम्बर ७ को स्थानीय निर्वाचन नतिजा रद्द गरी पुनः मत गणना गर्न दिएको आदेश उल्टिएको हो ।

वडाध्यक्ष पदमा यसअघि सार्वजनिक भएको नतिजा रद्द गरी पुनः मतगणनाका लागि टीका जङ्ग थापाले रिट दिएका थिए । एक मतले पराजित नेपाली काँग्रेसका थापाको रिटमाथि सुनवाइ गर्दै उच्च अदालत जनकपुरले गत पुस तेस्रो साता गणना गर्ने आदेश दिएको थियो । जसअनुसार भोलि गणना गर्ने तयारी गरिएको थियो ।

तर, सर्वोच्चले उक्त आदेश उल्टाएको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार उच्च अदालतको आदेशबाट असन्तुष्ट भएपछि एक मतले निर्वाचित घोषणा भएका एमालेका निरध्वज कार्कीले सर्वोच्च अदालत पुगेका थिए । सोही मुद्दामा सर्वोच्चले तत्काल गणना नगरी मिसिल पठाउन यही माघ १६ गते उच्च अदालत जनकपुरलाई पत्राचार गरेको थियो ।

यस वडामा एक मतले निर्वाचित भएका कार्की कार्यरत छन् । 

निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए ।

उच्च अदालत जनकपुरमा स्थानीय निर्वाचनसँग सम्बन्धित ३१ वटा रिट दर्ता छन् । पुनः मत गणनाका लागि २६ र निर्वाचन बदर गर्नुपर्ने मागसहित ६ वटा रिट दर्ता भएका छन् । सबै मुद्दाहरू प्रक्रियामा रहेको अदालतले जनाएको छ ।