९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक बागी’ माथि विमर्श

अ+ अ-

बागलुङ । उज्ज्वल प्रसाईँको कृति ‘एक बागी’को विषय र पात्र हुन्, लेखक खगेन्द्र सङ्ग्रौला । ‘मलाई हेर्ने ऐना हो– एक बागी’, सङ्ग्रौला भन्छन्, ‘मेरा असङ्गति र अन्तर्विरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।’

सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईँले आफ्नो भण्डाफोर गरेको बताए । ‘जब तपाईँलाई अर्काको आँखाले हेर्छ, तपाईंले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ’, सङ्ग्रौलाले भने, ‘उज्ज्वले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।’

भण्डाफोर कम्युनिष्टको भाषा भए पनि आजकाले बिर्सेको भन्दै उनले कटाक्ष गरे । ‘पहिले कम्युनिष्टहरूले दुष्ट, पापी, अत्याचारी, देशी-विदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरू आफैँ भण्डाफोरित भइसके’, सङ्ग्रौलाले भने ।

सतहत्तर वर्षीय उनले जीवनको एक भाग अरूका लागि बाँच्ने प्रयास गरेको सुनाए । ‘जिन्दगी दुई किसिमले बाँचिन्छ, आफ्ना लागि र अरूका लागि’, उनले भने, ‘मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडनमा परेकाहरूको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।’

आफ्नै जीवन वृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असङ्गति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उनले उल्लेख गरेँ । सङ्ग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको बताए ।

थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईँले स्मरण गराएको उनले उल्लेख गरे । सङ्ग्रौलाका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईँले पुस्तकमा सन्दर्भित गरेका छन् ।

लेखक प्रसाईँले ‘एक बागी’ खगेन्द्र सङ्ग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक रहेको बताए । ‘पुस्तकमा सात दशकको नेपाली समाजको एकसरो कथा भन्न खोजिएको छ’, उनले भने, ‘यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।’

लेखक प्रसाईँले पाँच–छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाए।’यो खगेन्द्र सङ्ग्रौलाको जीवनी हो, उहाँ कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उहाँ आममान्छे हो, साधारण लेखक हो’, उनले भने, ‘खगेन्द्र सङ्ग्रौलाले बाँचेको जीवन र समयका कथाहरू पुस्तकमा छन् ।’

विमर्शमा लेखक द्वयले पाठकसँग संवाद पनि गरे । पुस्तकको रचनागर्भदेखि लेखक खगेन्द्र सङ्ग्रौलाको साधना र सङ्घर्षबारे पाठकले जिज्ञासा राखेका थिए । सङ्ग्रौलाले सामाजिक न्याय र समानताका लागि आफू सधैँ ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताए ।

नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलाई समेत जोडिएको थियो । पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राज भण्डारीले लेखक-पाठकबीच अन्तरसंवादसमेत भएको बताए । ‘एक बागी’ बेला पब्लिकेशनबाट केही महिनाअघि प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस