दाङ । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत मतदान सकिए लगत्तै मतगणना सुरु भएको छ ।
केही बेरअघि मतगणना सुरु भएको हो । अहिलेसम्म ८७ मत गणना भैसकेको छ । जसमा सूर्य ४३, रूख ३७ , ढकिया ४ र बदर मत ३ रहेको छ ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजे सकिएको थियो ।
राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थानमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले अहिले मतदान गरेका छन् ।







