२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा 

अ+ अ-

काठमाडौँ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली दूतावासको सम्पर्कमा आएका हुन् ।

दूतावासका अनुसार सम्पर्कमा आएका २१ जना सकुशल छन् ।

दूतावासको सम्पर्कमा आएका २१ जनामध्ये २ जना नेपाली सुरक्षित स्थान खोज्दै टर्कीको राजधानी अंकारा सहर पुगेका छन् । सम्पर्कमा आएका नेपाली मध्ये ६ जना कामदार हुन भने बाँकी विद्यार्थी हुन् ।

भूकम्पले गर्दा कतिपय स्थानमा सडक र सञ्चार सम्पर्क समेत विच्छेद भएको छ । 

टर्कीस्थित गैर आवासीय नेपाली सङ्घका महासचिव विनोद पौडेलका अनुसार सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबै ठाउँमा सम्पर्क हुन सकिरहेको छैन । भूकम्प गएको गाजियान्टेपमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क छैन ।

सडक र सञ्चार सम्पर्क स्थापित हुने बित्तिकै सम्पर्कमा आएका नेपालीलाई उद्धार गरेर टर्कीको राजधानी अंकारा पठाउने तयारी भइरहेको पौडेलले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली रहे/नरहेको खोजी भइरहेको पनि पौडेलले बताए ।

टर्कीको गाजियान्टेप सहरलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान चार बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि लगातार आइरहेका पराकम्प ५ रेक्टर स्केलसम्मका छन् ।

चिसो, झरी र सडक भत्किएका कारण राहत तथा उद्धारमा कठिनाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भइसकेको छ । आजै मात्र नेपालले टर्कीलाई राहत सामग्री पठाउने निर्णय गरेको छ ।