काठमाडौँ । उद्योग वाणिज्य सङ्घ रौतहटले जिल्ला सदरमुकाम गौर बजार २ दिन बन्द गर्न आव्हान गरेको छ ।
सङ्घका अध्यक्ष पण्डित प्रसाद जैसवाल र महासचिव रविन्द्रनाथ गोपालीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गौर बजार बिहीबार र शुक्रबार बन्द गर्न आव्हान गरेका हुन् ।
स्थानीय प्रशासन तथा विभिन्न निकायबाट बजार अनुगमनको नाममा उद्योगी, व्यवसायीहरुलाई त्रसित गर्ने काम भएको भन्दै सङ्घले अति आवश्यक सेवाहरुवाहेक बजार बन्दको आव्हान गरेको हो ।
