२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतद्वारा मालवाहक सवारी साधन आवतजावतको अनुमति

अ+ अ-

काठमाडौँ । भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल भासिएपछि एक वर्षअगाडि मालवाहक सवारी साधन आवतजावतमा रोक लगाएको भारतले अब भने खुल्ला गरेको छ । 

२०२२ जनवरी ११ मा एक सूचना जारी गर्दै भारतीय पक्षले मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत रद्द गरेको थियो । त्यसपछि भारतले भीमनगर नाकाबाट सामान आवतजावत सुचारु गरेको थियो । त्यसरी सामान ल्याउँदा नेपाली पक्षलाई अतिरिक्त भार परेको थियो । 

अहिले उक्त क्षेत्रमा चारलेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेको छ । विराटनगरको मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङलगायतको पहलमा दुई महिना अघिबाटै आंशिक रूपमा पुल सञ्चालन भएको थियो । 

भारतको पटना स्थित कस्टम विभागले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएको छ । भारतको कमिस्नर अफ कस्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवतजावत खुलेको जनाएका हुन् । यसअघि भारतका जोगवनी स्थित ल्यान्ड कस्टम र आइसीपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो । 

यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक सवारी साधनलाई ११६ किलोमिटर घुमेर सुनसरीको भण्टाबारी नाकाबाट आउनु पर्ने बाध्यता हटेको छ । अब भने चार किलोमिटर दुरी पार गर्नासाथ मालवाहक सवारी साधन नेपालको आइसीपी आइपुग्छन् । 

पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधन भारतीय कस्टम हुँदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।