२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमा रकम प्राप्त गर्न निवेदन दिन बोर्डको आग्रह

अ+ अ-

काठमाडौँ । आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहीहरूलाई सजग रहन वैदेशिक रोजगार बोर्डले आग्रह गरेको छ । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा मृत्यु, अङ्ग/भङ्ग वा बिरामी भएमा कानुन बमोजिम वैदेशिक रोजगार बोर्ड सचिवालय र वैदेशिक रोजगार (म्यादी) जीवन बीमाबाट आर्थिक सहायता प्राप्त गर्ने व्यवस्था रहेको छ । 

उक्त सहायता प्रदान गर्ने क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया पुरा गरेर मात्र निवेदन दिन बोर्डले सेवाग्राहीहरूलाई आग्रह गरेको हो । 

वैदेशिक रोजगार बोर्ड सचिवालयले तोकेको ढाँचामा आवश्यक कागजपत्रहरू संलग्न गरी स्थानीय तह मार्फत पनि निवेदन दिन आग्रह गरेको छ । 

त्यसका लागि भौतिक रूपमा बोर्ड सचिवालय आउनु नपर्ने बोर्डले जनाएको छ । यसरी बोर्ड सचिवालयबाट उपलब्ध गराइने कल्याणकारी सेवाका लागि कुनै समस्या एवं द्विविधा भएमा बोर्ड सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । 

कल्याणकारी तथा बीमा सुविधा प्राप्त गर्ने सेवा सहजीकरण गर्ने बहानामा मृतकको घरमा वा अङ्गभङ्ग भएका व्यक्तिका आफन्तसम्म बिचौलिया पुगी, प्रभावमा पारी विभिन्न रकमको माग गर्ने गरेको सुन्नमा आएको बोर्डले जनाएको छ । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्ग/भङ्ग वा उपचारको लागि प्राप्त हुने आर्थिक सहायता तथा बीमा रकम प्राप्त गर्नको लागि कुनै असम्बन्धित व्यक्ति र बिचौलियाको भर/विश्वासमा नपर्न आग्रह गरेको छ ।

उनीहरूलाई कुनै रकम नदिन तथा आफ्नो बैंकसँग सम्बन्धित कागजात (चेक, एटिएम कार्ड) लगायतका आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न समेत बोर्डले सबैमा अनुरोध गरेको छ । 

यदि कसैले कुनै पनि बहानामा दुःख दिएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा गई उजुरी गर्न वा आफू नजिकको आप्रवासी स्रोत केन्द्रमा सहयोगको लागि सम्पर्क गर्न समेत सबैमा अनुरोध गरेको छ ।