८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा प्रदेशसभा सचिवको कार्यकाल लम्ब्याउने विधेयक पारित

अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयका सचिवको उमेर हद बढाउन गण्डकी प्रदेश सरकारले ऐन संशोधन गरेको छ ।

प्रदेशसभा सचिवालय ऐन २०७७ मा सचिवको अधिकतम उमेर हद ६० वर्ष तोकेको थियो । तर, गण्डकी प्रदेश सरकारले उक्त ऐन संशोधन गरेर उमेर हद ६५ वर्ष बनाउन बुधबार बसेको प्रदेश सभा बैठकले बहुमतले पारित गरेको हो ।

कानुन मन्त्री रोशन गाहामगरले ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभामा प्रस्तुत गरेका थिए । प्रदेशसभामा २९ गते बसेको बैठकले सामान्य छलफल गरेको थियो ।

बुधबार बसेको प्रदेशसभा बैठकले दफावार छलफलसँगै निर्णायार्थ प्रस्तुत गरिएको थियो । सभामुख कृष्ण धितालले निर्णायार्थ प्रस्तुत गरेका उक्त विधेयक बहुमतले पारित भएको हो ।

प्रदेशसभा सचिवालय ऐन २०७७ को दफा १० मा सचिवको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । उपदफा ‘ग’ मा ‘निजको उमेर ६० वर्ष पूरा भएमा’ भनिएको छ ।

सोही दफा संशोधन गरी ‘६५ वर्ष पूरा भएमा’ बनाएको हो । दफा ८ को ‘ज’ मा सचिवको योग्यता र पदावधि सम्बन्धी व्यवस्था छ । सचिवको लागि आवश्यक पर्ने योग्यतामा ४५ वर्ष उमेर पूरा भई ६० वर्ष पूरा नभएको भन्ने लगायत व्यवस्था भएकोमा अब ६५ वर्ष हुने भएको हो ।

दफ ९ मा सचिवको पदावधि ५ वर्ष हुने निज पुन नियुक्त हुन सक्ने व्यवस्था छ । अहिलेका प्रदेश सचिवालयको सचिव हरिराज पोखरेल छन् । उनको चैत पहिलो हप्ता विद्यमान ऐनअनुसार अवकाश पाउनेछन् ।

त्यसअघि ऐन संशोधन भई ऐन लागू भएमा उनको कार्यकाल लम्बिएको हो । किनभने उनको कार्यकाल दुई कारणले लम्बिन सक्थ्यो पहिलो त उनको कार्यकाल ५ वर्ष पूरा भएको छैन । अर्को उमेर हद पनि बढेको हो । उनले अब बाँकी करिब साढे दुई वर्षको कार्यकाल काम गर्न दिन प्रदेश सरकारले ऐन संशोधन गरेको हो ।

नेकपाको बहुमत रहेका ०७७ भदौ १९ गते बेला पोखरेलले सचिवको जिम्मेवारी पाएका थिए । तत्कालीन प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पोखरेललाई पद तथा गोपनीयताको शपथ गराए ।

गण्डकी सरकारले ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ संसद सचिवालयमा मङ्गलवार भएको थियो । संसद सचिवालयमा दर्ता भएको विधेयकमा ३४ वटा ऐन संशोधन गर्ने थियो ।

अघिल्लो सरकारकै पालामा संसदमा दर्ता भएर विधायन समितिमा लामै छलफल भए पनि उक्त विधेयक पारित हुन सकेन । यति बेला ऐनमा देखिएका त्रुटिका अतिरिक्त नाम नामेसी सच्याउनका लागि संशोधन प्रस्ताव पेस भएकोमा बहुमतले पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस