१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरद्वारा वडा कार्यालयको अनुगमन सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रशासन विभागले वडाहरूको अनुगमन थालेको छ ।

बिहीबार विभागका प्रमुख दीपक अधिकारी नेतृत्वको टोलीले अनुगमन सुरु गरेको हो । बिहीबार वडा नं १५ र १७ मा मानव संशाधन महाशाखा प्रमुख गंगाधर गौतम, सामान्य प्रशासन शाखा प्रमुख प्रमोद पोखरेल सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कर्मचारी प्रशासन, सेवा प्रवाह, कार्यालय व्यवस्थापन, राजस्व सङ्कलन र सेवाका अन्य प्रकार गरी ५ वटा क्षेत्र हेरिएको थियो महानगरपालिकाले जनाएको छ ।

अनुगमनमा कर्मचारी कक्षमा भए/नभएको, पोसाक, हाजिरी, परिचय पत्र हेरिएको थियो । यस्तै अनुगमनमा सेवा प्रवाहमा गुनासो सुन्ने प्रणाली, सेवाग्राही मैत्री कार्यस्थल, नागरिक बडापत्र, सहयोग लिन आउनेलाई सहयोग गर्ने परिपाटीका लागि संयन्त्र र पूर्वाधार भए नभएको हेरिएको थियो ।

अनुगमनको नेतृत्व गरेका अधिकारीका अनुसार कार्यालय व्यवस्थापनमा सजावट, मासिक बैठक, प्रतिवेदन, जिन्सी सामग्रीको अभिलेख, दर्ता चलानी, अभिलेख व्यवस्थापनमा दैनिक गरिने काम हेरिएको थियो ।

अधिकारीले शीर्षकगत दैनिक आम्दानीको अभिलेखन, भौचरको प्रयोग (उठाउने, प्रमाणीकरण गर्ने), मासिक प्रगति रिपोर्ट गर्ने, अनलाइन राजस्व प्रणाली प्रवर्द्धन गर्ने विषयलाई राजस्व क्षेत्रमा राखेर कागजपत्र हेर्ने तथा अधिकारीसँग सोधपुछ गरेर विवरण लिने काम गरेको बताए । अधिकारीले अनुगमन निरन्तर हुने बताए ।

प्रतिक्रिया दिनुहोस