२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

अ+ अ-

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ । शनिबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार सवारी साधन डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगङ्गाबाटै डाइभर्सन गरिएको छ ।

यसैगरी मालवाहक गाडीलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामङ्ल पुल र बसुन्धाराबाटै डाइर्ट गरिएको छ भने बस तथा माइक्रोबस, टेम्पो र मालवाहक गाडीका लागि फरक-फरक रुट निर्धारण गरिएको छ ।

रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्ल हुँदै तिलगङ्गासम्म पुग्ने र त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ भने रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र सालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ ।

कालोपुल हुँदै कपन चल्ने गाडीहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने गरी रुट तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र सालिक, कृष्णपाउरोटी, जयनेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चल्ने भएका छन् ।

यसैगरी जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरु चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चल्ने रुट तोकिएको छ । उता जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगञ्ज तर्फ जाने मालवाहक गाडीहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फको रुट तोकिएको छ ।

कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह गाडीहरु कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगञ्ज र बौद्ध जाने मालवाहक गाडीहरु गोपीकृष्णहल, कपन, महाङ्काल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने रुट तोकिएको छ ।

कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक गाडीहरु तीनकुनेसम्म जान सक्ने बनाइएको छ । महाराजगञ्ज, चाबहिल हुँदै पशुपति वरपर पुग्नुपर्ने मालवाहक गाडीहरु बसुन्धारासम्मको रुट तोकिएको छ ।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक गाडीहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्मको रुट दिइएको छ । यसैगरी तीलगङ्गा आँखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकहरुका गाडी पार्किङको व्यवस्था गरिएको छ भने देवउद्यानमा रहेको कोषको कार्यालय र भण्डारखालमा विकास कोषले बितरण गरेको पासवाहक सरकारी र प्रहरीका गाडी पार्किङको व्यवस्था गरिएको छ ।

साथै सिफल चौरमा पासवाला गाडी र स्थानीय दर्शनार्थीका सवारी साधन पार्किङको व्यवस्था गरिएको छ । गुह्येश्वरी पारी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरुका गाडी पार्किङको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रमा रहेको वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने सङ्घ संस्थाहरुका सवारी, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङकरहरु पार्किङको व्यवस्था गरिएको छ ।

पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तीलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त, ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिएको छ । यसैगरी विमानस्थल, गौशाला, चाबहिलको चक्रपथमा यात्रुहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइएको छ ।

सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, जाँड–रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ नखान नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।

महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।