२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‍हुम्लामा एसइईका लागि ६ वटा परीक्षा केन्द्र निर्धारण

अ+ अ-

सिमकोट । आगामी चैत १७ गतेबाट सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि छ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट ती साविककै परीक्षा केन्द्रलाई निर्धारण गरिएको हो।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईका अनुसार परीक्षा केन्द्र र परीक्षार्थीहरूको सङ्ख्यामा सिमकोट गाउँपालिकाका बाल मन्दिर माविमा २५६ जना र मानसरोवर मावि केन्द्रमा १८० जना परिक्षार्थीहरूको सहभागिता रहनेछ।

त्यसै गरी, सर्के गार्ड गाउँपालिकाका हिम ज्योति मावि सर्केगार्डमा २५३ जना र कोटमावि रोड कोटमा १४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा १५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा २४० जना परीक्षार्थीहरूको सहभागिता रहनेछ।

कुल परीक्षार्थीहरूमध्ये साधारणतर्फ एक हजार १४८ जना र प्राविधिक धारतर्फ असी र ग्रेडवृद्धितर्फ छजना परीक्षार्थी रहेका छन्।

यसमा एक हजार २२८ जना नियमित र छजना साधारणतर्फको ग्रेड वृद्धिका परीक्षार्थी छन्। परीक्षार्थीहरूमध्ये ६६० जना छात्रहरू र ५७४ जना छात्राहरूको परीक्षामा सहभागिता रहने छ।

यस पटक एसइई मा सहभागी हुने विधार्थीहरूको सङ्ख्या एक हजार २३४ जना रहेको छ। जब कि गत वर्ष एक हजार १३६ जना रहेका थिए।

कोरोनापछि जिल्ला बाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू जिल्लामै फर्किएर अध्ययन गर्न थालेपछि परीक्षार्थीको सङ्ख्या बढी देखिएको हो।