काठमाडौँ । आइसिसी लिग-२ अन्तर्गत नामिबिया–स्कटल्यान्ड–नेपाल बीच भएको त्रिदिवसिय शृङ्खलामा क्लिनस्विप गरेपछि नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले सबैमा आभार प्रकट गरेका छन्।
पछिल्लो संस्करणमा नेपालले ४ वटै महत्त्वपूर्ण खेल जितेको थियो। उक्त ४ खेलमा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए।
सन्दीपले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ, यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु।’
टि २ लिगका अन्य खेल आगामी साताबाट दुबईमा हुँदैछ।







