९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलङ्की-महाराजगन्ज सडक बिस्तारको काम चाँडै सुरु हुन्छ: मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कलङ्की-महाराजगन्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्।

बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडक खण्डको निरीक्षण एवं अवलोकन गरेको हो।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ बिस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताए।

उनले भने, ‘दोस्रो खण्ड चक्रपथ बिस्तार गर्ने काम सम्पन्न गर्नुछ। कलङ्कीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ। यो काम अघि बढाउन पनि चीन सरकारले सहमति दिइसकेको छ। त्यसैअनुसार काम अघि बढाउन हामीले पहल गरिरहेका छौँ। यो बीचमा धेरै समयसम्म यो काम हुन सकेन। नेपालका लागि चिनियाँ राजदूतसँग छलफल गरी छिटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको छ।
समस्याको समाधान निकाली सकेको छौँ। बिजुली पोल र मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी भएको छ र छिट्टै हामीले काम सुरु गर्ने सहमति भएको छ। सरकारले बाँकी समस्या तदारुकताका साथ हल गर्ने कुरा भएको छ। बिजुलीका पोल, स्वयम्भूअघिको समस्याहरूका कुराहरू छन्, त्यसमा सांस्कृतिक सम्पदा भत्काउनु हुँदैन भनेर त्यहाँको डिजाइन नै परिवर्तन गर्ने कुरा भएको छ। सकेसम्म महाराजगन्जदेखि धोबी खोलासम्म काम गर्नुहोस् भन्ने आग्रह गरेका छौँ। तर सहमति भने त्यो होइन।’

उपप्रधानमन्त्री श्रेष्ठले कलङ्की–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलङ्की–महाराजगन्ज सडक निर्माण नभएको भए पनि अब भने तत्काल काम सुरु गर्ने तयारी रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस