२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालेखाद्वारा तीन कार्यक्रमका लागि रकम फुकुवा

अ+ अ-

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले तीन कार्यक्रमका लागि रकम फुकुवा गरेको छ । कार्यालयले फागुन ११ गते (बिहीबार) युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना र शिक्षाको लागि खाद्य कार्यक्रम परियोजनाका लागि रकम निकासा फुकुवा गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास महासङ्घ (आईडीए)ले ऋण सहयोग गरेको बताइएको छ ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका लागि विश्व खाद्य कार्यक्रमले अनुदान दिने बताइएको छ ।

त्यसका साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनातर्फको विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय विकास महासङ्घ (आईडीए) ट्रस्ट फन्डले दिने अनुदानबापतको रकम फुकुवा गरिएको बताइएको छ ।

यो परियोजनाले खर्च गरेको रकम कार्यालयले आर्थिक वर्षको त्रैमासिक रूपमा फुकुवा गर्ने गरेको कार्यालयका लेखा अधिकृत प्रदीपराज खरेलले बताए ।