२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छायाँनाथ रारा नगरपालिकाले गर्‍यो अवैध संरचना भत्काउन सुरु

अ+ अ-

मुगु । छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

पटक–पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेरी गरेपछि शुक्रबार नगरपालिकाले आफैँ अवैध संरचना भत्काउन थालेको हो ।

गत असोज १४ गते पहिलो ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले गमगढी बजार साँघुरो भएको र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना घर, भर्‍याङ, बार्दली, रेलिङलगायत हटाउन आग्रह गरेको थियो ।

त्यसपछि अर्को सूचना मङ्सिर ९ गते र त्यसपछि अर्को सूचना पुस २१ गते लगत्तै सर्वदलीय बैठक बसेर रेखाङ्कन गरेर सार्वजनिक जग्गामा बनाइएका संरचनाको चिह्न लगाउने काम गरिएको थियो । साथै अवैध संरचना हटाउन पुनः फागुन ५ गते अन्तिम सूचना जारी गरेर अवैध संरचना हटाउन आग्रह गरे पनि स्थानीयले कुनै चासो नराखी अटेरी गरेपछि नगरपालिका बाध्य भएर आफै संरचना भत्काउन लागेको नगरप्रमुख विष्णुकुमार भामले बताए ।

उनले यो कार्य कुनै स्वार्थका लागि नभई सुन्दर गमगढी बजार बनाउन भएको बताए । सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय प्रशासनको सहयोगमा नगरपालिकाले अवैध संरचना भत्काउने काम गरेको उनले बताए ।

अहिलेलाई सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना घर, भर्‍याङ, बार्दली, रेलिङलगायतका भत्काउने कार्य भएको छ । घरहरूका लागि पुनः सम्बन्धित घरमा १५ दिने सूचना टाँस गरिएको उनले जानकारी दिए । पन्ध्र दिनसम्म पनि सार्वजनिक जग्गामा भएका घर नहटाएमा नगरपालिकाले डोजर लगाएर भत्काउने नगरप्रमुख भामको भनाइ छ ।

गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले भत्काउन थालेपछि स्थानीय खुसी भएका छन् । साँघुरो बजारमा आवतजावत गर्न समस्या र आगलागीको जोखिमलगायत एम्बुलेन्स दमकल बजारमा ल्याउन समस्या हुने गरेको छ ।

बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेपछि बजारको सडक फराकिलो भएको र अब सहज हुने स्थानीय दिपेशजङ्ग शाहीले बताए ।

शुक्रबार अदालत चोक छत्त रावलको घरबाट अवैध संरचना भत्काउन गरिएको र पहिलो दिन कृष्ण चोकसम्म भत्काउने काम भएको छ । आइतबार तल्लो बजारमा रहेका अवैध संरचना भत्काउने नगरपालिकाले जनाएको छ ।