२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय कर्मचारीले दिए अनिश्चितकालीन बन्दको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर अनिश्चितकालीन विद्यालय बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

परिषद्ले विद्यालय कर्मचारीको सेवा सुविधा वृद्धिलगायत विभिन्न माग राखेर १ भदौदेखि आन्दोलन सुरु गरेको थियो । तर आफूहरूको मागप्रति सरकार उदासीन रहेको परिषद्ले बताएको छ ।

परिषद्ले १५ फागुनदेखि मसान्तसम्म सबै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने, चैत १ देखि ७ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने, चैत १५ गतेसम्म सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउने र चैत २१ गते सङ्घीय सरकारका निकायलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस अवधिमा पनि माग सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । परिषद् अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले जारी गरेको विज्ञप्तिमा देशभरका सामुदायिक विद्यालयमा कार्यरत ३४ हजार ८५० कर्मचारीको माग सुनुवाइ गर्न आग्रह गरिएको छ ।

परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३० रुपैयाँ र विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० रुपैयाँ तलब सुविधाको ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा रहेका विद्यालय कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई शिक्षक सरह सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायत माग पनि उनीहरूको छ ।