काठमाडौँ। सरकारले व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवसको अवसर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेको हुन् ।
यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१–८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो । जसमा सबैभन्दा बढी कर शाहले तिरेकाले उनलाई सम्मान गरिएको हो ।
यस पटक निकायहरू मध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा सूर्य नेपाल प्रा.लि पर्न सफल भएको छ । अघिल्लो वर्ष नेपाल सूर्य नेपालसहित अन्य १९ निकायलाई पनि सम्मानित भएका छन् ।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।






