२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोष बीच सम्झौता 

अ+ अ-

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालय र कर्मचारी सञ्चय कोष बीच शिक्षक-कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्था सम्बन्धी सम्झौता भएको छ । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको उपस्थितिमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र कर्मचारी सञ्चय कोषको तर्फबाट कामु मुख्य प्रबन्धक महेशप्रसाद खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

मध्यपश्चिम विश्वविद्यालयको स्थापनाकाल देखिनै उपदान तथा निवृत्तभरणको व्यवस्थापन एक प्रमुख चुनौतीको विषय रहेको अवस्थामा विश्वविद्यालयका वर्तमान उपकुलपति प्रा. डा. सिंहको प्रत्यक्ष संग्लग्नतामा कार्यविधि तयार गरी दिगो रूपमा उक्त समस्याको समाधान गरिएको हो । 

उक्त सम्झौता पत्रमा उल्लेख भए बमोजिम ‘सार्वजनिक निकायका कर्मचारीको निवृत्तभरण तथा उपदान कोष सञ्चालन निर्देशिका, २०७७, ‘मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक/प्रशासनिक नियमावली, २०६९, र ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक/कर्मचारी नियमावली, २०६९, तथा ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक तथा कर्मचारी उपदान एवं निवृत्तिभरण व्यवस्थापन कार्यविधि, २०७९’ अनुसार उपदान तथा निवृत्तभरण सम्बन्धी व्यवस्था हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

उपदानको व्यवस्था अन्तर्गत शिक्षक–कर्मचारीको तलबबाट मासिक रूपमा कम्तिमा ८.३३ प्रतिशत रकम कट्टी गरी कर्मचारी सञ्चय कोषमा सम्बन्धित शिक्षक/कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ भने सोही अनुरूप कर्मचारी सञ्चय कोषले सम्बन्धित शिक्षक/कर्मचारीलाई तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ । 

त्यसैगरी निवृत्तभरको व्यवस्था अन्तर्गत तोकिएका शिक्षक/कर्मचारीको तलबबाट मासिक रूपमा कम्तिमा ६ प्रतिशत रकम कट्टी गरी विश्वविद्यालयले शतप्रतिशत रकम थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ भने कर्मचारी सञ्चय कोषले सम्बन्धित शिक्षक/कर्मचारी सेवा निवृत्त/अवकाश भए पश्चात्  तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ । 

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका डीन, कार्यकारी निर्देशक, प्राध्यापक, उपकुलपति सचिवालयका सदस्य तथा कर्मचारीको उपस्थिति थियो । भने कर्मचारी सञ्चय कोषका तर्फबाट कर्मचारी सञ्चय कोष, सुर्खेत शाखाका कार्यालय प्रमुख रवि तामाङ लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।