काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। चालु अधिवेशनको छैटौँ बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको हो ।
झन्डै एक महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ ।
यसअघि गत माघ २० गते बैठक बसेको थियो।