२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले माधव, रवि र राजेन्द्रसँग भेटेरै भोट माग्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले बिहीबार अन्य दलका नेताहरूलाई भेटेर मत माग्ने भएका छन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेम्वाङले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्न तयारी भएको बताएका छन् ।

त्यसका लागि नेम्वाङ बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालय पुग्ने उनको सचिवालयले जनाएको छ । नेम्वाङका साथमा एमाले नेताहरू विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ पनि नेता नेपाललाई भेट्न जानेछन् ।

त्यसै गरी दिउँसो १ बजे नेम्वाङ रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न जानेछन् । रास्वपा केन्द्रीय कार्यालय नेता नेम्वाङसँग सचिव योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुनेछन् ।

त्यसै गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भोट माग्न दिउँसो साढे २ बजे राप्रपा कार्यालय पुग्ने नेम्वाङले जनाएका छन् । यसअघि नेकपा एमालेको सचिवालय बैठकले काँग्रेसबाहेक सबै दललाई पत्र पठाएर मत माग्ने निर्णय गरेको थियो ।

काँग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।