२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

अ+ अ-

खजुरा । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रको रूपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भिडभाड हुने बजारका विभिन्न चोक तथा सार्वजनिक स्थानमा सार्वजनिक शौचालय नहुँदा सबैले सास्ती खेप्दै आएका छन् । हाल भएका सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन् ।

नेपालगञ्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा सार्वजनिक शौचालय देखेर बाँकेको डुडुवा गाउँपालिका–४ का भोला गुप्ताले रिक्सा रोके । तर शौचालय बन्द देखेपछि उनी फर्किए । अरु पनि यसैगरी आउने र फर्किने गरेका स्थानीय वासुदेव पन्तले बताए ।

स्वचालित शौचालयमा आफैँ सफा हुने प्रविधि जडान गरिएको छ । बिजुली नभए पनि सोलरबाट चल्ने र प्रविधिमा समस्या आए व्यक्ति आफैले सफाइ गर्न सक्थे । महिला र पुरुष गरी आठ कोठाको शौचालय सञ्चालनको छ महिना नपुग्दै अस्तव्यस्त बनेको छ । सार्वजनिक शौचालय नहुँदा खाजा नास्ताको बहानामा होटेल रेस्टुराँ धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज आएका दाङका कुमार डिसी बताउछन् ।

धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको छ । ‘लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ’, नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रकाश डिसीले भने, ‘शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

स्वचालित शौचालयमा समय समयमा समस्या आउने गरेको छ । समस्या समाधानका लागि दक्ष प्राविधिकको अभाव छ । त्यसैले शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले एशियाली विकास बैंक (एडिबी)को सहयोगमा रु ५९ लाखमा चार घुम्ती शौचालय २०७५ सालमा ल्याएको हो । नेपालगञ्जका मुख्य चोक तथा बजार साइघुरिएकाले स्थान अभावका कारण घुम्ती शौचालयको व्यवस्थापन गर्न सकिएको छैन । उनले भने, ‘हामीले नगरका विभिन्न स्थानमा घुम्ती शौचालय राख्यो, त्यसपछि स्थानीयद्वारा नै विरोध भएपछि त्यसलाई अहिले थन्काएका छौँ, मुख्य समस्या अहिले स्थानको छ ।’

नेपालगञ्ज बजारमा भेरी अस्पताल, जिल्ला सहकारी सङ्घ, नगर भवन, रानी तलाउ तरकारी मण्डी, महेन्द्र पार्क, बागेश्वरी मन्दिरलगायतका ठाउँमा गरी करिब एक दर्जन बढी सार्वजनिक शौचालय रहेका छन् तर तीमध्ये अधिकांश शौचालय व्यवस्थापनको अभावमा प्रयोगविहीन छन् । नेपालगन्जको मुख्य चोक सुर्खेत रोड र घरबारीटोल तथा खजुरारोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुने गरेको छ ।